शेयेर गर्नुहोस
लोकेन्द्र रावल
टीकापुर । टीकापुर पार्क पर्यटन क्षेत्रको विकास तथा प्रचारप्रसारका लागि टीकापुर आइल्याण्डमा तीनदिने सांगीतिक उत्सव हुने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि टीकापुर पार्कमा सांगीतिक उत्सव आयोजना गरिन लागेको हो ।
नमह कर्णाली एग्रो टुरिजम प्रालिको आयोजनामा हुन लागेको उक्त सांगीतिक उत्सव यहीँ मंसिर १७ गतेदेखि १९ गतेसम्म टीकापुर पार्कसँगै जोडिएको कर्णाली नदीको बीच टापुमा हुने पृथ्वी रावलले बताउनु भएको छ ।
उहाँले उत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा सञ्चालन गरिने बताउनुभयो ।
राष्ट्रिय गायक प्रमोद खरेल, प्रीति आले, चक्र बम, लालबहादुर धामी (आछामी बड्डो) रुबिना अधिकारी लगायतका कलाकारहरु को प्रस्तुत रहने बताउनुभयो ।
कोरोनाका कारण शिथिल भएको पर्यटन क्षेत्रलाई माथी उठाउनको लागि र टीकापुर पार्कक्षेत्रको थप प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकहरू लाई आकर्षित गर्नको लागि सांगीतिक उत्सव सञ्चालन गरिने हंशराज रावलले बताउनु भयो ।
रावले यो उत्सव गर्नको लागि करिब ९ लाख रुपयैयाँ खर्च लाग्ने बताउनुभयो ।
कलाकार र व्यवस्थापनको जिम्मा तपेन्द्र कुँवरले लिनु भएको छ ।
तीनदिने उक्त उत्सवमा करिब १० हजार दर्शकको उपस्थिती रहने तपेन्द्र कुँवरले बताउनुभयो ।
कुँवरले यो क्षेत्रको विकास तथा प्रचारप्रसारका लागि यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।