शेयेर गर्नुहोस
वडा सदस्य सहित ५ जनाले नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
टीकापुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टीकापुरको पहिलो नगर सम्मेलन शुरु भएको छ ।
आगामि पौषमा हुने राष्ट्रिय सम्मेलनको तयारी स्वरुप शनिवार टीकापुरमापनि सम्मेलन सुरु भएको हो ।
शनिबार एक कार्यक्रमका बिच माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम सह इन्चार्ज नेप बहादुर चौधरी ‘सिँहराज’को प्रमुख आतिथ्यमा नगर सम्मेलन उद्घाटन गरिएको हो ।
नगर कमिटी अध्यक्ष खडक शाह ‘संघर्ष’को अध्यक्षतामा भएको कार्यक्रममा नेता, कार्यकर्ता र समर्थकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
स्थानिय नेता अक्कल बहादुर माझीको स्वागत मन्तब्य संगै भएको कार्यक्रममा माअेवादी केन्द्रका नेता हरी ज्ञवाली ‘अखण्ड’, नेता ललित थापा ‘शिब’, पत्रकार दुर्गा भण्डारी, नेता हरी श्रीपाइली, नेता बालकृष्ण चौधरी ‘बिकाश’, नेता तारा संज्याल, नेता दिर्घ बहादुर ठकुल्ला, हेमन्त बिक, खुसीराम चौधरी ‘आमुल’ नवराज पौडेल, लगायतले मन्तब्य राखेका थिए ।
टीकापुर नगरपालिका वडा नं. ८ का माओवादी केन्द्रका अध्यक्ष धनसिँह साउँदले संचालन गरेको उक्त कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ५ का नेपाली कांग्रेसका वडा सदस्य सत्यराज भट्टराई सहित ५ जनाले नेपाली कांगे्रस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
नेपाली कांग्रेसमा नातावाद तथा बिभिन्न विकृतिहरुको संजालले आफुलाई साह्ै दिक्क लागेपछि नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्र रोजेको भट्टराईले बताए ।
यसैगरी नगर सम्मेलनको दोस्रो दिन आईतबार टीकापुर स्थित जेशिज हलमा बन्द सत्र हुने बताईएको छ ।
नगर सम्मेलनका लागि २६५ जना प्रतिनिधी छनोट गरिएको पार्टिले जनाएको छ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने छ ।
माओवादीले आगामि पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको छ । पार्टी सङ्गठनलाई विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक चुनावलाई पनि स्वीकार गरिएको माओवादीले जनाएको छ ।