शेयेर गर्नुहोस
टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुरको प्रवेशद्वारको अगाडि न्यायका निम्ति मंगलवार शान्तिपूर्ण नारा जुलुस गरिएको छ ।
जानकी गाउँपालिका वडा नं. ९ स्थित अमरावती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा हत्या गरिएका अर्जुन दासका आफन्तले न्यायका लागि नारा जुलुस गरेका हुन ।
उक्त कार्यक्रममा पिडित पक्षले ‘मान्छे मार्न पाइदैन, यस्तो निति चाहिदैन, अर्जुन दासको हत्यारालाई फाँसी दे, हत्या हिँसा बन्द गर, लाचार सरकार मुर्दावाद, मानव अधिकारको रक्षा गर, लागुऔषध दुव्र्यशनी नियन्त्रण गर लगायतका नारा लगाइएका थिए ।
साथै पिडितको न्यायका निम्ति दबाब दिन संघर्ष समिति समेत बनाइएको पिडित पक्षले जानकारी दिएका छन ।
घाटी रेटेर विभत्स हत्या गरिएका अर्जुन दासका हत्याराहरु अहिले सम्म कानुनी कट्घरामा नभएको भन्दै सम्बन्धित निकायलाई दबाद दिन ललित परियारको संयोजकत्वमा ५२ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।
हत्या हामीले गरेका हौ भन्ने अडियो छ्यापछ्याप्ती सामाजिक सञ्जालमा सार्वजनिक भई सक्दा पनि प्रहरी प्रशासनले अपराधीलाई हालसम्म कानुनी दायरामा ल्याउन नसकेको भन्दै पिडित पक्षले आक्रोश समेत ब्यक्त गरेका छन ।