अर्जुन दास हत्या प्रकरणः ५ जनाको नाममा किटानी जाहेरी दर्ता

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा हत्या गरिएका अर्जुन दासका परिवारले ५ जनाको नाममा किटानी जाहेरी दर्ता गराएका छन् ।


मृतक दासका परिवारले ५ जनाका नाममा इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता गरेको र उनीहरूलाई पक्राउ अनुमतिका लागि जिल्ला अदालत पठाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

किटानी जाहेरी दर्ता भएपछि शव पोष्टमार्टमको प्रक्रिया पनि अगाडि बढेको इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख इन्सपेक्टर लालबहादुर ऐरले बताए ।
मृतक दासका परिवार तथा आफन्तले हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै मंगलबार इलाका प्रहरी कार्यालय अगाडि शान्तिपूर्ण रूपमा प्रदर्शन समेत गरेका थिए ।

प्रदर्शनपछि उनीहरूले इलाका प्रहरी कार्यालय टीकापुर घेराउ गर्ने, वडा कार्यालयमा तालावन्दि गर्ने, लम्कीमा चक्का जाम गर्ने लगायतका कार्यक्रम पनि घोषणा गरेका छन् । गएको शनिवार जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको स्थानीय अमरावती सामुदायिक वनमा घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

ताजा खबर

amazed