खस्कियो बजारको सौन्दर्यता

शेयेर गर्नुहोस

बिगत लामो समयदेखि टीकापुरलाई सुन्दर नगरी भन्ने नारा सुनिनेक्रम यथावत छ । तर यो नारा नारामा मात्र सिमित छ । टीकापुरका सार्वजनिक स्थलहरुमा ढुंगा, बालुवा, ठेला र पसल अगाडि बिक्रि बितरण गर्न राखिएका सामानले त टीकापुर बजार निकै असोभनिय देखिन थालेको छ । त्यसैलेपनि टीकापुर बजारको सौन्दर्यतामा ह्रास आएको देखिन्छ । यत्रतत्र सडकहरुमा ढुंगाहरु थुपारिएका छन भने यत्रतत्र व्यवसाय गर्न ठेलाहरु र पसलका अगाडि बिभिन्न सामानहरु राखिएका देखिन्छन । बिगतमा टीकापुर उद्योग बाणिज्य संघको पहलमा यत्रतत्र संचालित खोकाठेलाहरु व्यवस्थित गरिकै हो । तर हाल पुनः बिगत झै यत्रतत्र राखिएका ठेला तथा व्यापारीका सामानहरुकै कारण बजार अव्यवस्थित देखिन थालेको हो ।


बिगतमा टीकापुर उद्योग बाणिज्य संघको पहलबाट खोला ठेला व्यवस्थापन गर्नेक्रममा व्यवस्थित गरिएका मध्ये तरकारी पसलहरुमात्र हालसम्म व्यवस्थित छन् । तर अन्य व्यवस्थित गरिएका खोका ठेला तथा पसलहरु अव्यवस्थित छन । तर सडक किनारमा रहेका ठेला व्यवसायीले बजारको सौन्र्दयता खस्किएको देखिन्छ । जसलाई जुनठाउँमा मनलाग्यो त्यतै व्यवसाय संचालनले बिगतमा टीकापुर उद्योग बाणिज्य संघले गरेको खोका ठेला व्यवस्थापन समेत बालुवामा पानी हालेको जस्तै देखिएको छ भन्दा फरक नपर्ला । मनपरी बिभिन्न ठेला तथा अन्य व्यवसाय गर्ने व्यवसायीलाई नियन्त्रण कसले गर्ने ? यो जिम्मेवारी क–कस्को हो ? यि बिषयमा न त स्थानिय सरकारलाई चासो छ, न त उद्योग बाणिज्य संघलाई । अनि कसरी हुन्छ सुन्दर नगरी तथा स्मार्ट सिटी ?


तसर्थ एकातर्फ टीकापुर बजारमा सडक अव्यवस्थित छ । साथै टीकापुर बजारका बिभिन्न ठाउहरुमा ठेला व्यवसायी तथा केहि व्यवसायीले सडकनै मिचेर व्यवसाय संचालन गरेका छन । यसतर्फ ट्राफिक प्रहरी, स्थानिय सरकार तथा टीकापुर उद्योग बाणिज्य संघको ध्यान पुग्न आवश्यक छ । सडक मिचेर गरिदै आएको व्यवसायले आगामि दिनमा सडक दुर्घटना नहोला भन्न सकिन्न । सो बारे समयमै ध्यान पूगोस् ।

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *