निर्मला हत्या प्रकरण अझै खुल्न सकेन

शेयेर गर्नुहोस


कञ्चनपुर । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन वर्ष हुँदा पनि घटनाको रहस्य खुल्न सकेको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान जारी राखेको भए पनि रहस्य खुल्न नसकेको हो ।

निर्मला प्रकरणमा संलग्न भएको आशंकामा अहिले एकजना भारतीय नागरिक पक्राउ परेका छन्। निर्मलाको शव भेटिएको स्थानभन्दा केही पर पक्राउ परेका भारतीय नागरिकको परिवारले तरकारी खेती गर्दै आएका थिए । कोरोना महामारीको पहिलो चरणमा लकडाउन भएपछि उनी भारत गएका थिए । केही समयअघि मात्रै उनी नेपाल आएका थिए ।

ती भारतीय नागरिकका केही गतिविधि शंकास्पद रहेकाले पक्राउ गरिएको प्रहरी अधिकारी बताउँछन् । ती व्यक्तिको डीएनए परीक्षण गर्न थालिएको छ। तर भजाइनल स्वाब संकलन नै त्रूटीपूर्ण हुँदा डीएनए परीक्षणबाट परिणाम आउने सम्भावना भने कम देखिएको हो। अहिले पनि निर्मला हत्या प्रकरणको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धानको सयुक्त डेडिकेटेड टीमले अनुसन्धान गरिरहेको छ।

यो घटनामा राज्यको सबैभन्दा बढी आर्थिक स्रोत तथा जनशक्ति पनि प्रयोग भएको बताइएको छ। तर घटनाको नजिक पुगेको दाबी गर्दै आएको नेपाल प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले पनि अनुसन्धान जारी रहेको बताए। ‘बाहिर के–के कुरा आयो त्यो त भन्न सकिन्न,’ उनले भने, ‘नेपाल प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।’

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed