नेकपा एमालेको ७७ वटै जिल्लामा आज अधिवेशन हुदै

शेयेर गर्नुहोस

टीकापुर । नेकपा एमालेले आजवाट ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्दैछ । आज हुने जिल्ला अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकैपटक उद्घाटन गर्ने भएका छन् ।

ओलीले विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ सबै जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै जिल्ला अधिबेशनमा नयाँ नेतृत्वका लागि सुदूरपश्चिम प्रदेशमा नेताहरुले दौडधुप गरिरहेका छन् ।

प्रदेशको राजधानी समेत रहेको कैलालीमा एमालेको नेतृत्व हात पार्न नेताहरूले आपसी छलफलमा जुटिरहेका छन् ।

कैलाली जिल्लाको नेतृत्वका तीनजना नेता आकांक्षी देखिएका छन् । नेता रतन थापा, रणबहादुर चन्द र डेजी पाण्डेले जिल्ला अध्यक्षमा इच्छा देखाएका हुन् । यस्तै अन्य जिल्लामाहरुमा पनि नेतृत्वका लागि छलफल जारी छ ।

amazed