शेयेर गर्नुहोस
कोरोना संक्रमण बढी रहेका बेला कालोबजारी गर्नेहरु पुनः सल्बलाएका छन । कैलालीका बिभिन्न बजारहरुमा दैनिक उपभोग्य वस्तुमा समेत कालोबजारी भइरहेको छ । सामानको मुल्यमा केहि व्यापारीले मनपरी गर्दै आएका छन । म्याद समाप्त भएका अधिकांश सामानहरु बिक्रि बितरण भइरहेका छन । तरपनि प्रशासनले यसतर्फ ध्यान दिएको देखिदैन । सो कुरा मात्र नभइ बिभिन्न ठाउँहरुमा औषधी समेत अभाव हुन थालेको छ । मेडिकल संचालकहरुले बिरामीहरुलाई माग अनुसारको औषधी नभएको बताउदै आएका छन । बिरामीहरुले आवश्यक्ता अनुसार औषधी नपाउदा ज्यान नगुमाउलान भन्न नसकिने अवस्था सिर्जना भएको छ ।
कोरोना संक्रमण पूर्व सबैले प्रर्याप्त मात्रामा औषधी नपाएका पनि होइनन । तर हाल बिरामी हरुले औषधी नपाएको गुनासो समेत गर्दै आएको कुरामा यथार्तता छ । अधिकांश मेडिकलहरुमा सिटामोल छैन । सिटामोल भएका मेडिकलहरुले मूल्य बृद्धि हुने लोभमा सिटामोल लुकाएका छन । यस्तो कार्यमा ठुला मेडिकलहरु बढी छन । त्यसैलेपनि मेडिकल चेकजाँच गर्ने निकायले यसतर्फ समेत गम्भिर हुन आवश्यक छ । साथै प्रशासनद्वारा बजार अनुगमन गर्न समेत नितान्त आवश्यक छ । बढीजसो आर्थिक अवस्था कमजोर भएका जनताहरु बढी छन । त्यसैले पनि यसको नकारात्मक प्रभाव निम्न बर्गमा जनतालाई पर्ने निश्चित छ । तसर्थ सम्बन्धित निकायहरुको समयमै ध्यान पूगोस् ।