कैलालीमा जर्बजस्ती करणी मिलापत्र गराउने वडा सदस्य सहित ५ पक्राउ

शेयेर गर्नुहोस


टीकापुर । कैलालीमा जर्बजस्ती करणी घटना मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुरबाट जर्बजस्ती करणी घटना मिलापत्र गराउने वडा सदस्य सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने वर्ष ५३ का वडा नम्बर ४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, वडा सदस्य वर्ष ५४ का लक्ष्मी रुद्र न्यौपाने, वर्ष ५३ का शिक्षक होम प्रसाद सुबेदी, वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुबेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो ।

मसिंर १५ गते सोही ठाउँकी ७७ बर्सिया चौधरी समुदायको महिलालाई मदिरा सेवन गरी प्रकाश सुबेदीले खेतमा लगेर जर्बजस्ती करणी गरेको बुझिएको छ ।

घटना बाहिरीने डरले अर्को दिन पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेका थिए । तर ३ लाख मध्ये १ लाख नदिँदा घटना करिब एक महिना पछि बाहिरिएको हो ।

उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त प्राप्त भएपछि सोही दिन प्रतिवादी सहित मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनीहरू माथि अदालत बाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मिलापत्र गर्ने अन्य केही जना फरार रहेको बताइएको छ ।

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *