कैलालीको लम्कीमा मोटरसाइकलको ठक्करबाट वृद्धा गम्भीर घाइते

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको लम्कीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धा गम्भीर घाइते भएकी छिन्। प्रहरीले दिएको जानकारी अनुसार लम्कीचुहा नगरपालिका वडा नं. ८ की ७५ वर्षीया चम्फादेवी अवस्थी गम्भीर घाइते भएकी हुन् ।

सुपप्र ०२०३००५ प ७४१४ नम्बरको मोटरसाइकलले पैदलयात्री अवस्थीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।

मोटरसाइकल चालक लम्कीचुहा–८ कै १७ वर्षीय नवीन ओलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। कैलालीमा सडक दुर्घटना पटकपटक हुँदै आएका छन ।

ताजा खबर

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

शिशु मृत्युदर कायमै, तीन वर्षमा सत्तरी जनाको मृत्यु

प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित

amazed