कैलालीका २ जना लागुपदार्थ खैरो हिरोइन सहित कञ्चनपुरमा पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीका २ जना लागुपदार्थ खैरो हिरोइन सहित कञ्चनपुरमा पक्राउ परेका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका – ६ बाट प्रहरीले बिहिवार दुई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उप महानगरपालिका वडा नं २ का वर्ष २६ का दिपक बिष्ट र वर्ष ३१ का गोपी विक रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले मलवारालाई जानकारी गराए ।

प्रहरीले गोपीले सेतो प्लाष्टिकमा ४ दशमलव ११ ग्राम खैरो हिरोइन मुखभित्र लुकाई राखेको अबस्थामा फेला पारेको जनाएको छ ।

दुवै जनाले चढेको से ६ प ३४५४ नम्बरको मोटरसाकईल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलसहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
कञ्चनपुर जिल्लामा मात्र लागुऔषधसहित पक्राउ पर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed