माओवादी सुदूरपश्चिम अध्यक्षमा ‘उत्सव’ निर्वाचित

शेयेर गर्नुहोस

टीकापुर । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ निर्वाचित भएका छन ।

सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका मानबहादुर धामी (सन्तोष) लाई पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।

प्रदेश निर्वाचन समितिका अनुसार खसेको २१० मतमध्ये चौधरीले ११४ मत पाएका थिए भने धामीले ९३ मत पाएका थिए ।

यसैगरी प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा जनक बुढा, सह सचिवमा नन्दबहादुर साउद राजेन्द्र, रामबहादुर देवकर र अन्जिता श्रेष्ठ निर्वाचित भएका छन भने कोषाध्यक्षमा कमल कुमारी शाह निर्वाचित भएका छन् ।

ताजा खबर

कञ्चनपुरमा लागूऔषधसहित दुई जना किशोर पक्राउ

कैलालीको सत्ती कर्णाली सामुदायिक वनमा आगलागी

amazed