बालबाटिका क्रिकेट प्रतियोगिताको उपाधी बालबाटिका विद्या मन्दिरलाई

शेयेर गर्नुहोस

बौनियाँ । विद्यालयस्तरीय बालबाटिका क्रिकेट प्रतियोगिताको उपाधि आयोजक बालबाटिका बिद्या मन्दिर बौनियाले जितेको छ ।
कैलाली लम्कीको गुरुकुल इङलिस मेडियम स्कुललाई ५ विकेटले पराजित गर्दै आयोजक बालबाटिकाले प्रतियोगिताको तेस्रो संस्करणको उपाधि उचालेको हो । उपाधिसँगै आयोजक बालबाटिकाले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

उपविजेतामा चित्त बुझाएको गुरुकुल लम्किले ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो । मुडा स्थित खेलमैदानमा बुधबार भएको फाइनलमा गुरुकुल लम्किले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा आयोजक बालबाटिकाले १९ ओभरमा ५ विकेट गुमाउँदै जित दर्ता गर्न सफल भएको हो । बालबाटिकाका दिपक बोहराले ५० रन र नरेन्द्र सार्किले ३५ रनको योगदान गरे । यस्तै, कमल कुवरले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ गुरुकुलका ३ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको गुरुकुल एकाडेमिले सत्यवती एकेडेमीले १८।३ ओभरमा अल आउट हुँदै १ सय ३३ रन बनाएको थियो । गुरुकुल एकाडेमिका सुनिल भण्डारीले ५६ रन र बसन्त सिंह कार्कीले ३१ रनको योगदान गरे । बालबाटिकाका बलर सुबोध अएरले ३ ,नरेन्द्र सार्की, कमल कुवर र लक्ष्मण बि क ले २र२ बिकेट लिए । आज नरेन्द्र सार्की म्यान अफ द म्याच बन्न सफल भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी बालबाटिकाका बसिर अहमद भए ।

उनले १६ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, उत्कृष्ट ब्याट्सम्यान बालबाटिकाका दिपक बोहरा र उत्कृष्ट बलर बालबाटिकाका लक्ष्मण बि क भए । उदीयमान खेलाडीको उपाधि बालबाटिकाका कमल कुवरले पाए । यी तीनै विधाका विजेताले १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । बालबाटिका बिद्या मन्दिर बौनियाको आयोजनामा १७ फागुनबाट सुरु भएको प्रतियोगितामा कैलाली, कञ्चनपुर गरि ८ वटा विद्यालयको टिमको सहभागिता रहेको थियो । केहि समय यता कैलालीका बिभिन्न स्थानमा खेलकुदमा आकर्षण बढेको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *