१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । बैतडीमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन ।


जिल्लाको शिवनाथ गाउँपालिकाकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा डडेल्धुराका २ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका–५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन ।


तामाङले किशोरीलाई चैत ४ गते साँझ बलात्कार गरेको स्वीकार गरेको पनि उनले बताए ।

उनीहरुविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमका बिभिन्न जिल्लामा बलात्कारका घटनाहरु बढिरहेका छन ।

ताजा खबर

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

amazed