कैलालीको लम्कीमा दिनदहाडै युवकमाथि चक्कु प्रहार

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको लम्की चुहा नगरपालिका अन्र्तगत लम्की बजारमा दिनदहाडै एक युवकमाथि चक्कु प्रहार भएको छ । स्थानीय अन्दाजी २५ वर्षीय दिनेश थापामाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने लम्की बसपार्कका अन्दाजी २३ बर्षका प्रेम रावल लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

रावल सङ्गै रहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । दुई वटा चक्कु, मोबाइल र केही लागुपदार्थ बरामद गरेको लम्की प्रहरीले जनाएको छ ।
कैलालीका बिभिन्न ठाउँमा दैनिकरुपमा बिभिन्न घटनाहरु घट्दै आएका छन । प्रहरीले बिभिन्न अपराध न्यूनिकरण समेत गर्दै आएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *