अख्तियारद्वारा नगरपालिकामा छापा

शेयेर गर्नुहोस

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भीमदत्त नगरपालिकामा छापा हानेको छ । नगर भित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा एक करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित आयोगको महेन्द्रनगरस्थित कार्यालयमा आइतवार पत्रकार तथा नेकपा एकीकृत समाजवादीका नेता खेम भण्डारीले उजुरी दर्ता गराएपछि अक्तियारको टोलीले कागजात नियन्त्रणमा लिएको हो ।

अख्तियारका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले नगरपालिकालाई पत्र काटेर आबश्यक कागजात नियन्त्रणमा लिइएको बताए । ‘यसलाई छापा मारेको भन्न मिल्दैन, पत्र काटेर कागज अख्तियारमा ल्याएका छौं,’ उनले भने, ‘संबेदनशील मुद्दा भएकाले कागजात नष्ट नहुन भनेर उजुरी परेको अर्को दिन नै तदारुकता देखाएका हौं ।’

बस्नेतले अब उजुरी उपर अनुसन्धान प्रकृया सुरु भएको बताए । ‘सामान्यतया उजुरी परेको १५ दिन भित्र कागजात नियन्त्रणमा लिने गरिन्छ,’ उनले भने, ‘उजुरीको गाम्र्भियतालाई हेरेर चाडो गरेका हौं ।’

नगरको वडा नं १९ को कालीखोला पुल–२, वडा नं। ९ का क्रमशः कामीकाटे खोला पुल र गताडी खोला पुल, वडा नं। ३ को खनिया खोला पुल, वडा नं। १८ को भासी खोला पुल, वडा नं। १९ को कालीखोला पुल–१, वडा नं। १३ महाकाली नदी तटबन्ध भएर जाने खोलामा पुल, वडा नं। १० को तिलकेनी खोला पुल, वडा नं। ९ र १० बीचको खरिया खोला पुल तथा वडा नं। १५ को गोबरिया खोला पुलको एकसाथ डिपिआर बनाउने भन्दै कन्सल्टेन्सी कम्पनी छनोट गर्दा कानुन मिचेको भण्डारीको आरोप छ ।

साथै, नेपाल सरकार भौतिक योजना मन्त्रालय स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सडक पुल शाखाबाट डिपिआर स्वीकृत नगराई मल्ल एण्ड ग्रुप इन्जिनिजयरिङ कन्सलटेन्सीलाई कानुन विपरीत एक करोड रुपैयाँ भुक्तानी दिइएको पनि उनले दावी गरेका छन् । निर्माण सम्पन्न भइसकेको वडा नं। १३ को पुलको समेत डिपिआर बनाएर भुक्तानी दिइएको भण्डारीको आरोप छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed