लम्कीका युवकको दुर्घटनाबाट मृत्युपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका १० मा ट्रकको ठक्करबाट स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएपछि राजमार्ग अवरुद्ध पारिएको हो ।

रावलका आफन्त तथा स्थानीयले ११ बजेदेखि चुहामा राजमार्ग अवरुद्ध पारेका हुन्। राजमार्ग अवरुद्ध पारिएपछि सवारीसाधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन् । सोमबार बिहान ७ बजे लु–१ ख–८९३० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको सुप–०१००९९प९३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो ।

ठक्करपछि मोटरसाइकलमा सवार २८ वर्षीय रावल घाइते भएका थिए । रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएका छन ।

ताजा खबर

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

कैलाली एमालेको अध्यक्षमा तीन जना उम्मेदवार

amazed