शेयेर गर्नुहोस
टीकापुर । टीकापुर अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष लगायत अन्य मनोनित सदस्यहरुको स्वागत तथा पदस्थापन कार्यक्रम भएको छ ।
टीकापुर अस्पतालको आयोजनामा आज भएको सो कार्यक्रम नवनियुक्त अध्यक्ष झपट बहादुर सोडारीको अध्यक्षतामा भएको हो ।
टीकापुर अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष सोडारी सहित सदस्यहरुले पनि पदभार ग्रहण गर्नु भएको छ ।
पदभार ग्रहण गर्ने सदस्यहरुमा भूमिका शाही, सिता चौधरी, कृष्ण गोपाल चौधरी, आशा चौधरी र खडक लुहार छन् ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष दिपकबहादुर रावल, नेपाली कांग्रेसका नगर सभापति नरेश कुमार खत्री, नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष खडक शाह, एकिकृत समाजवादी का नगर अध्यक्ष रंग अधिकारी, पत्रकार भूवनेश्वर अधिकारी, नेकपा एमालेका नगर उप–सचिव पदम सापकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दयाराम सञ्ज्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
टीकापुर अस्पताल जनस्वास्थ्य निरीक्षक तेज विक्रम शाहीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सञ्जय कुमार दासले गर्नु भएको थियो ।
टीकापुर अस्पतालमा नव नियुक्त अध्यक्ष लगायतको टिमले अस्पताललाई थप व्यवस्थित गर्ने बिश्वास गरिन्छ ।