शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा स्थानीय तह निर्वाचनमा गठबन्धन बारे दलहरूबीच छलफल भएको छ ।
नेकपा एकीकृत समाजवादी संसदीय दलको कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने व नगर्नेबारे छलफल भएको हो ।
बैठकमा एकीकृत समाजवादी पार्टीको तर्फबाट संसदीय दलका नेता दीर्घ सोडारी, माओवादी केन्द्रको तर्फबाट प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव, कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्ड, कैलाली संयोजक लाजुराम चौधरी, नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति नारायणदत्त भट्ट राजपाको तर्फबाट गयाप्रसाद चौधरी र जनमोर्चाको तर्फबाट नन्दराज भट्ट उपस्थित रहेका थिए ।
काङ्ग्रेस कैलालीका सभापति भट्टले छ्लफलमा कुनै सहमति नभएको तर गठबन्धन गर्दा उपयुक्त हुनेमा छलफल केन्द्रित भएको बताए ।
सबै पार्टीले जिल्लामा आफ्नो अवस्थाबारे रिपोर्ट ल्याउने र त्यसपछि थप छ्लफल गर्ने कुराकानी भएको छ, उनले भने ।
बैठकमा एकीकृत समाजवादी दलका नेता सोडारीले पनि गठबन्धन गर्न आवश्यक रहेको बताएका थिए भने माओवादी कैलाली इन्चार्ज ज्ञवालीले गठबन्धन गर्नुपर्ने भए चाडै निर्णय गर्नुपर्ने समेत बताएका थिए ।