पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट

शेयेर गर्नुहोस

एजेन्सी । पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २÷० ले हराउँदै पोर्चुगल छनोट भएको हो ।

पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसको महत्वपूर्ण योगदान रह्यो । ३२ औं मिनेटमा गोल गर्दै उनले खेलमा सुरुआती अग्रता दिलाएका थिए । उनले कप्तान कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका हुन् ।

त्यसअघि पोर्चुगललाई अग्रता दिलाउनबाट कप्तान रोनाल्डो चुकेका थिए । तर, दोस्रो हाफमा फेरि ब्रुनोले गोल गर्दै अग्रता दोब्बर पारे । ६५औं मिनेटमा डिओगो जोटाको पासमा ब्रुनोले गोल गर्दै टिमलाई विश्वकप पुर्‍याए ।

म्यासेडोनियाले यसअघि युरो च्याम्पियनलाई निराश बनाउँदै विश्वकप यात्रामा रोक लगाइदिएको थियो ।

यस्तै, युरोपेली छनोटको प्लेअफबाटै पोल्यान्ड पनि विश्वकपका लागि छनोट भएको छ। पोल्याण्डले स्वीडेनलाई हराउँदै छनोट भएको हो ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *