चर्चित पञ्जाबी गायक सिद्धू मुसेवालाको गोली हानी हत्या

शेयेर गर्नुहोस

काठमाडौं । भारतीय गायक सिद्धू मुसेवालाको पञ्जाबमा गोली हानी हत्या गरिएको छ । २८ वर्षीय सिद्धूको आइतबार साँझ पञ्जाबको मनसा जिल्लास्थित जवाहरेक गाउँमा एएन(९४ रुसी एसल्ट राइफल प्रहार गरी हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वास्तविक नाम शुभदीप सिंह सिद्धू भए पनि उनी सिद्धू मुसेवाला नामले परिचित थिए । उनको शरीरमा ३० राउन्ड गोली प्रहार भएको बताइएको छ । गोली प्रहारबाट घाइते उनलाई अस्पताल लैजाने क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

गत डिसेम्बरमा राजनीति थालेका सिद्धूले मानसा निर्वाचन क्षेत्रबाट विधानसभामा कांग्रेस आईबाट चुनाव लडेका थिए । तर उनी आम आदमी पार्टीका उम्मेदवारसँग पराजित भए ।

उनी पञ्जाबी गायन क्षेत्रका चर्चित गायक हुन् । ‘सड्डा चलता है धक्का’, ‘डँलरा वाङ्गु नी नाम साड्डा चलदा है’ उनका हिट गीत हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार हत्याको जिम्मा लरेन्स बिस्नोइ ग्याङको कन्नडामा रहेको ग्याङस्टर लक्की अर्थात् गोल्डी बराडले लिएका छन् । प्रहरीले घटनाको छानबिन गरिरहेको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *