नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप

शेयेर गर्नुहोस

अश्रुग्याँस र हवाई फायर
नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकमा झडप भएको छ । पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्ने समूहलाई प्रहरीले रोकेपछि झडपको अवस्था आएको छ ।

प्रहरीमाथि ढुंगामुढा भएपछि अश्रुग्याँस र हवाई फायर गरिएको जिप्रका बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए । डीएसपी न्यौपानेका अनुसार प्रहरीले ५ राउन्डभन्दा बढी हवाई फायर गरेको छ ।

स्थानीय प्रशासनले पूर्व राजाको शालिक राख्न नदिने आदेश गरेपछि प्रहरीले पूर्वराजा समर्थकलाई रोकेको थियो ।

ताजा खबर

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed