कैलालीको सुखडबाट एक थुनुवा हतकडीसहित फरार

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको सुखड प्रहरीले नियन्त्रणमा लिएका एकजना हतकडी सहित फरार भएका छन ।


इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन्।

जेठ १८ गते झाडापखालाको उपचारपछि अस्पतालबाट फर्कने बेला पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जेठ १४ मा पाण्डेयसहित प्रकाश शाह लागूऔषधको मुद्दामा पक्राउ परेका थिए। दुवैजनालाई उपचारका लागि स्थानीय घोडाघोडी अस्पतालमा लगिएको थियो ।फरार पाण्डेयलाई खोजीगर्न प्रहरी टोली परिचालन गरिएको जनाइएको छ ।

ताजा खबर

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed