शेयेर गर्नुहोस
टीकापुर । एक महिला कर्मचारीमाथि दुव्र्यबहार गरेको आरोपमा डोटी घर भएका एक जना स्वास्थ्यकर्मीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको सायल गाउँपालिका १ मा रहेको स्वास्थ्य चौकीका इन्चार्ज दीर्घ खड्का रहेका छन् ।
खड्काले आफ्नै स्वास्थ्य चौकीमा कार्यरत महिला कर्मचारीमाथि दुव्यर्वहार गरेको आरोप छ । ती महिला विवाहित हुन् ।
महिलाले खड्काविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता खोजेपनि प्रहरीले प्रमाण नपुग्ने भन्दै अहिले सार्वजनिक कसुर गरेको अभियोगमा मुद्दा चलाएको छ । स्वास्थ्यकर्मी खड्का जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा छन् ।