बर्दिया राजापुरका डिएसपी प्रकाश सापकोटा काठ तस्करीमा संलग्न रहेको आरोप

शेयेर गर्नुहोस

काठ तस्करी गरेको छैन, फर्निचर किनेको हुः डिएसपी सापकोटा


टीकापुर । बर्दिया जिल्ला स्थित ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश सापकोटा काठ तस्करीमा संलग्न रहेको स्थानीयले आरोप लगाएका छन ।


सापकोटाले भारतबाट अवैध काठ नेपाल भित्र्याई घरको फर्निचरको काममा लगाएपछि स्थानीयले सो आरोप लगाएका हुन ।


राजापुर नगरपालिका स्थित नेपाल भारत सिमा नजिकैको भारतीय जंगल कतर्नियाबाट १ महिना अघि तस्कर र बन कर्मचारी संग मिलेर डिएसपी सापकोटाले आफ्नो घुमुवा र एक हवल्दारलाई अबैध काठ भित्र्याउन लगाएको स्थानीयले मलवारालाई जानकारी दिएका छन ।


स्थानीय वासिन्दाका अनुसार डिएसपी सापकोटाको निर्देशनमा कालो सिसमका ७ गोलिया काठ नेपाल भित्र्याई घरको फर्निचरमा लगाएका हुन ।


सापकोटाले राजापुर नगरपालिका–८ भोकपुरको सः ंमिलमा उक्त काठ चिरान गरी राजापुरको फरवरी फर्निचरमा फर्निचरका सामानहरु बनाई घर पठाएको समाचार स्रोतले मलवारालाई बताएको छ ।


भारतबाट हुने चोरी तस्करी नियन्त्रणका लागी खटिने जिम्मेवारी लिएका ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख सापकोटा स्वयम तस्कर संग मिलेर काठ नेपाल भित्रयाई घरको फर्निचरको काममा लगाउनु गलत भएको र नाकाको रक्षा गर्न बसेका रक्षक नै भक्षक हुन थालेपछी स्थानियले सुरक्षाको प्रत्याभुती गर्न कसरी पाउने हुन भन्ने बारे स्थानीयको भनाइ छ ।


सो सम्बन्धमा मलवारासंग डिएसपी सापकोटाले भने यो कुरा सरासर गलत हो । उनले राजापुर स्थित फरवरी फर्निचरबाट नगद पैसा तिरेर फर्निचर खरिद गरेको बताए ।
फरिवरी फर्निचर उद्योगका मालिक फरिवरी चौधरीले डिएसपीले काठ दिन्छु भनेका त थिए । तर काठ दिएनन, नगदै रुपैयाँ बाट फर्निचरका सामान खरिद गरेर लगेको बताए ।
चौधरीले मिलबाट डिएसपी सापकोटाले ठूलो बक्स पलङ र डायनिङ टेबल खरिद गरेको जानकारी दिए ।


तर समाचार स्रोतका अनुसार डिएसपी सापकोटाले अबैधरुपमा भारतबाट ७ थान कालो सिसमका गोलिया मगाएर चिरान गरी फर्निचर उद्योगमा लगेका हुन ।
हाल डिएसपी सापकोटाको डरले फर्निचर उद्योगका संचालक चौधरीले पनि वास्तविकता लुकाउन खोजेको स्रोतको दावी छ ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed