प्रतिनिधि र प्रदेशसभा निर्वाचनस् प्रतिनिधिसभातर्फ २,४१२ र प्रदेशसभातर्फ ३,२२४ उम्मेदवारहरु चुनावी मैदानमा

शेयेर गर्नुहोस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले आउँदो मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने भएका छन्। ११९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।

यसैगरी प्रदेशसभातर्फ ३,२२४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभातर्फ २५७ जनाले उम्मदवारी फिर्ता लिएका छन् । उम्मेदवारी दिनेहरुमा प्रतिनिधिसभातर्फ २,१८७ पुरुष र २२५ जना महिला छन् भने प्रदेशसभातर्फ २,९४३ जना पुरुष र २८० जना महिला रहेका छन् । अन्यमा १ जना रहेको आयोगले जनाएको छ ।

बुधबार नै उम्मेदवारहरुले चुनाव चिह्न पाएसँगै मौन अवधि सुरु नभएसम्म उनीहरुले विभिन्न माध्यमबाट प्रचार–प्रसार गर्न पाउनेछन् ।

amazed