शेयेर गर्नुहोस
काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आइतबार क्रिसमस डे पर्व मनाउँदैछन् ।
ग्रेगोरियन पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस पर्व मनाउँछन् ।
२०२२ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको दिनको अवसरमा सबैको कल्याण होस् भन्ने कामनासहित चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस मनाइन्छ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
क्रिसमस डे नेपालमा भने वि.सं. २०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउन थालिएको हो । क्रिसमसका अवसरमा पर्यटकीय क्षेत्र ठमेल, पोखरा, सौराहालगायत स्थलमा रमझम देखिएको छ ।
क्रिसमसको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।