ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

शेयेर गर्नुहोस


टीकापुर । बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा ट्रयाक्टर चालक जिल्लाको छबिस पाथिभेरा ५ का मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् ।बझाङको छबिसपाथिभेरा गाउँपालिका ३ शान्तिकोट गोठालाचौकामा सोमबार साँझ ७ बजे ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । 

यस्तै ,ट्याक्टरमा सवार धर्म धामी भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको उक्त ट्र्याक्टर उकालो सडकमा पछाडि सर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *