शेयेर गर्नुहोस
गोदावरी । गोदावरी नगरपालिकाले तीनवटा खोला खुटिया, गोदावरी र खैरालाबाट १८ दिनमा ६४ लाख ९८ हजार ४७० राजस्व संकलन गरेको छ ।
नगरपालिकाले ठेक्कामा दिँदा पनि ठेक्कामा नलागेपछी नदीजन्य पदार्थबाट उक्त रकम संकलन भएको नदीजन्य पदार्थबाट राजस्व संकलन समितीका संयोजक गणेश पनेरुले आईतवार पत्रकार सम्मेलन गरेर जानकारी दिए । पुष ५ गतेबाट नगरपालिका आँफैले कर्मचारीहरु मार्फत राजस्व संकलन गरीरहेको छ ।
जस अनुसार सबै भन्दा बढी खुटियाबाट ४० लाख १९२ रुपया राजस्व संकलन भएको छ । यस्तै गोदावरीबाट २१ लाख ३३६ र खैराना खोलाबाट ३६ लाख २९५ राजस्व संकलन भएको हो । नदीजन्य पदार्थबाट उठने राजस्व नगरपालिकाको बलियो आन्तरिक आय स्रोतको रुपमा लिने गरिएको छ।
ठुलो परिमाणमा नदीजन्य पदार्थ उठाउने क्रसर उधोगहरुबाट भने नगरपालिकाले हप्ता १५ दिनमा हिसाब मिलान गर्ने कुरा बाहिर आएपछि त्यसको बिरोध समेत भएको छ ।