सडक निर्माणमा ध्यान पूगेन

शेयेर गर्नुहोस

टीकापुरकै मुख्य सडक निर्माणमा सडक निर्माण कम्पनीले ध्यान पुगाएको छैन । एकातिर टीकापुरदेखि बसपार्क सम्मको सडक निर्माणमा ढिलासुस्ति भएको छ भने अर्कोतर्फ सडकको बिचभागमा राखिएको डिभाईडरले सडक दुर्घटना निम्तिने प्रवल सम्भावना देखिन्छ । जमरा पुलदेखि बसपार्कसम्मको छ लेन सडक निर्माण कम्पनी के.एस कन्ट्रक्सनले मेडिएन राख्न सुरु गरेसँगै यो विषयमा सरोकारवालाको ध्यानाकर्षण भएको छ । यसरी सडकको बिच भागमा डिभाईडर राख्न रोक लगाउनुपर्ने अवस्था देखिएको छ । सडक दुर्घटना बढेको मध्यनजर गर्दै सडकको बिच भागमा राखिएको डिभाईडर धनगढी लगायतका ठाउँहरुमा हटाउन शुरु गरिएको छ । त्यसैले टीकापुर जमरा पुलदेखि बसपार्क सम्मको सडकमा राखिएका डिभाईडर समेत हटाउन जरुरी छ ।


टीकापुर जमरा पुलदेखि बसपार्क सम्मको सडकमा दुर्घटना हुन नदिनका निमित्त समयमै सरोकारवाला निकायहरुले निर्माण कम्पनीलाई सजग गराउन आवश्यक छ । किनभने सडक दुर्घटना पछि यस बिषयमा ध्यान पु¥याउन अनुचित देखिन्छ । यस बिषयमा स्थानीय सरकारको समेत ध्यान पुग्न नितान्त आवश्यक छ । साथै बिभिन्न राजनितीक दलका नेताहरुले समेत यस बिषयमा गम्भिर बन्नु पर्ने अवस्था देखिन्छ । दुर्घटना न्युनिकरण गर्न जिम्मेवारी पाएको ट्राफिक प्रहरीले समेत यस बिषयमा गम्भिर बन्नुपर्ने देखिन्छ । बिभिन्न निकायहरुले यस बिषयमा गम्भिर बनेमा दुर्घटना हुने छैन भन्ने बिश्वास गरिन्छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *