शेयेर गर्नुहोस
टीकापुर । कैलालीको खानीडाँडामा जिप दुर्घटना भएको छ ।डडेल्धुराको जोगबुढाबाट धनगढीका लागि छुटेको सु।प।प्र ०१००१ ज १३६१ नम्बरको जिप शनिबार राति दुर्घटना भएको हो ।
जिपका चालक बैतडीको पुर्चौडी नगरपालिका–६ का ३१ वर्षीय इश्वरदत्त पन्त र जिपमा सवार डडेल्धुराको परशुराम नगरपालिका ५ का ४१ वर्षीय लालबहादुर खड्का दुर्घटनामा घाइते भएका छन ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। जिप दुर्घटनाको कारण खुलेको छैन ।