जानकी गाउँपालिकामा विद्यालय खेलकुद प्रतियोगिता उद्घाटन

शेयेर गर्नुहोस

प्रतियोगितामा ३३ विद्यालयको सहभागिता

टीकापुर । जानकी गाउँपालिका वडा नं. ३ सुवर्णपुर खेल मैदानमा जानकी गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिताको मंगलवार उद्घाटन भएको छ ।


जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले प्रमुख अतिथीको आसनबाट सो प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।


उद्घाटन कार्यक्रममा प्रमुख अतिथी चौधरीले स्वास्थ्यका लागि खेलकुद निकै महत्वपूर्ण रहेको बताउनुभयो ।


प्रमुख अतिथी चौधरीले भन्नुभयो–‘आफु उपचार गर्न अस्पताल गएका बेला अर्का एकजना बिरामीले डाक्टर त भगवान नै हुन भनेको कुरा स्मरण गर्दै अगाडि भन्नुभयो–‘डाक्टर भन्दा ठुला शिक्षक नै हुन । शिक्षककोे शिक्षा बिना कोहि डाक्टर हुन सक्दैन ।’


उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो–‘ केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार बिच मदभेद भएकाले पनि बिभिन्न काम कार्यमा समस्या आउने गरेको छ ।’
जानकी गाउँपालिका खेलकुद समितिका संयोजक कमल महतोको सभापतित्वमा भएको सो कार्यक्रममा बिशिष्ठ अतिथी जानकी गाउँपालिका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत क्रमशः लालमती देवी कठरिया र नारायण बहादुर बिष्ट रहनु भएको थियो ।


जानकी गाउँपालिकाका ३३ विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा जानकी गाउँपालिका उपाध्यक्ष लालमती देवी कठरिया, जानकी गाउँपालिका ३ नं. वडा कार्यालय अध्यक्ष दिनेश कुमार चौधरी, जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी, शिक्षक नारायण तिमिल्सेना, गणेश प्रसाद ओझा, प्यारेन्द्र न्यौपाने र मोतीनगर माविका अध्यक्ष पदम गिरीले मन्तब्य राख्नु भएको थियो ।


सिता शाहले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रम कलम खड्काले संचालन गर्नुभएको थियो ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *