कैलालीमा एक युवकको करेन्ट लागेर मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गोदावरी १ बसन्तपुरमा बस्दै आएका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिका – ६ पलाडी घर भई बसन्तपुरमा बस्दै आएका बुद्धि सिंह बोगटीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरको छतमा फोनमा कुरा गर्दै गर्दा थ्रि फेज लाईनमा छुन पुग्दा करेन्ट लागेर बोगटीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । बोगटी दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया बिएड प्रथम बर्षमा अध्ययनरत थिए ।

उनको मृत्युको शोकमा आज दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले शोक विदा दिएको छ । क्याम्पस प्रमुख डा। डम्बर बहादुर पालद्धारा जारी शोक पत्रमा क्याम्पसमा अध्ययनरत विद्यार्थीको निधनले क्याम्पस परिवार स्तब्ध भएको उल्लेख छ ।

शोक स्वरुप १ दिन क्याम्पसका सम्पूर्ण पठनपाठन कार्य बन्द रहने जनाइएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *