शेयेर गर्नुहोस
अत्तरिया / कैलालीमा प्रहरीले मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्लाको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले अवैध रुपमा राखिएका मदिराहरु बरामद गरी नष्ट गरेको हो । गोदावरी नगरपालिका–१ को शिविर क्षेत्रबाट बरामद गरिएको करिब ९० लिटर अवैध घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको हो ।
सोमबार सोहि वडाका वडाअध्यक्ष गोपाल दत्त भट्ट, वडासदस्य चेतराज पन्त, स्थानिय केशव बलायर, सुर्य खत्री तथा पत्रकार लगायतको रोहबरमा प्रहरीले कार्यालयकै उत्तरपट्टि उक्त मदिरा नष्ट गरेको छ ।










