शेयेर गर्नुहोस
बैतडी १६ बैशाख । बैतडीमा भतिजी बलात्कारको आरोपमा काका नाता पर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाका २२ वर्षीय युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले बताए ।
ती युवकलाई १५ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको हो । गएको पुस १५ गते बलात्कारको घटना भए पनि शुरुमा गाउँमै मिलाउन खोजिएकाले ढिला गरी सार्वजनिक भएको बताइएको छ। घरमा कोही नभएका बेला ती युवकले भतिजीमाथि बलात्कार गरेको आरोप छ ।
इलाका प्रहरी कार्यालयको हिरासतका रहेको ती युवकमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।