शेयेर गर्नुहोस
काठमाडौं, १७ बैशाख । सिन्धुलीमा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आइतबार बिहान काठमाडौंबाट सिन्धुलीमाढी जाँदै गरेको बा ८ च ९१३५ नम्बरको रातो ग्रेटवाला कार सिन्धुलीको कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङ नजिकै घुम्तीमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार अनियन्त्रित भएर सडकभन्दा २० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ । उक्त दुर्घटनामा परेर चालक झापा चारपानेका ४३ वर्षीय कुमार पुरी र सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौंको गौरीघाट बस्दै आएका ३८ वर्षीय सहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।
दुर्घटना परेर घाइते भएका प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको डिएसपी दाहालले जानकारी दिनुभयो ।