टीकापुरमा एकैदिन दुई जनाले गरे आत्महत्या

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । कैलालीको टीकापुरमा एकैदिन दुई जनाले आत्महत्या गरेका छन् । टीकापुर नगरपालिका वडा नं. १ र ३ मा क्रमश एक किशोरी र युवकले आत्महत्या गरेका हुन् ।

ब्लक नं. २८ मा डेरामा बस्दै सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा पहिलो सेमेस्टरमा अध्ययनरत १९ वर्षीया अस्मिता पराजुलीले कोठामा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका इन्स्पेक्टर सुरज बहादुर खड्काले जानकारी दिनुभयो ।

दाङको गढवा गाउँपालिका वडा नं. ६ स्थायी घर भएकी उनले डिप्रेसनका कारण आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । उनको कोठाबाट सुसाइड नोटसमेत फेला परेको र आत्महत्याको कारण के रहेछ भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले बताउनुभयो । राती नै आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ तर प्रहरीलाई भने बिहान ९ बजेमात्र जानकारी भएको हो ।

दाङबाट परिवार आइनसकेकाले शवलाई टीकापुर अस्पतालमा राखिएको छ । मृतककि साथीका अनुसार केही दिनदेखि उनी कलेज पनि गएकी थिइनन् ।

त्यस्तै आइतबार नै वडा नं. ३ घियामा एक युवकले आत्महत्या गरेका छन् । ३१ वर्षीय सरोज कुमार चौधरीले घरभन्दा एक किलोमिटर टाढा खयरको रुखमा झुन्डिएर आत्महत्या गरेको इन्स्पेक्टर खड्काले जानकारी दिनुभयो ।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed