जन्ती सवार जीप दुर्घटना, ५ जनाको मृत्यु

शेयेर गर्नुहोस

काठमाडौं । गोरखा मनकामनामा बेहुली लिएर फर्किँदै गरेको जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । छिरिङकोटबाट बेहुली लिएर आउँदै गरेको जन्ती चढेको जीप शुक्रबार बिहान करिब १ बजे दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् ।

शहीदलखन गाउँपालिका(३ पात्लेखोलामा प्रदेश ३(०१(०२३ च ४४२७ नम्बरको जीप दुर्घटना भएको हो । गोरखा प्रहरी प्रवक्ता डीएसपी लीलाराम लामिछानेका अनुसार घटनास्थलमा ४ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य यात्रुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *