शेयेर गर्नुहोस
टीकापुर । कञ्चनपुरमा लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१३ पिपरैयाका २१ वर्षीय दिपक चदारा र दोधारा–चाँदनी नगरपालिका–१ का २२ वर्षीय अर्जुन सुनार रहेका छन् ।
प्रहरीका अनुसार राति ९ बजे कृष्णपुर नगरपालिका–२ की २१ वर्षीया अनारकली चौधरी धान रोपेर साइकलमा घर फर्कदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००३ प १५१ नम्बरको मोटरसाइकलमा सवारी चदारा र सुनारले ती महिलालाई धक्का दिएर लुटपाट गरेका थिए ।
दुबै जनाले ती महिलासँग भएको मोबाइल लुटेर फरार भएका थिए । लुटेर फरार भएका दुबै जनालाई चेक पोइन्टमा चेकजाँच गर्दा एक थान मोबाइल, एक थान मोटरसाइकल र एक थान खुकुरी फेला परेपछि अस्थायी प्रहरी बिट भाँसीबाट नियन्त्रणमा लिइएको थियो । लुटपाटमा संलग्न दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















