कञ्चनपुरमा अटोले ठक्कर दिदा एक महिलाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा अटोले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ६ स्थित टाउन बजारमा सु.प.प्र.०१००१ ह ४०१६ नम्बरको अटोले पैदलयात्री स्थानीय ८६ वर्षीया छलीदेवी थापाको मंगलवार राति मृत्यु भएको हो ।

मंगलवार साँझ अटोको ठक्करबाट गम्भीर घाइते भएकी थापाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही नगरपालिका वडा नम्बर–८ ख गाउँका ३२ वर्षीय अटो चालक केशव ओझा र अटोलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

amazed