कैलालीको भजनी देखि जिल्लाका बिभिन्न ठाउँबाट १४ लाख ६६ हजार मुल्य बराबरका अबैध सामान बरामत

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको भजनी लगायत बिभिन्न ठाउँबाट प्रहरीले करिब १४ लाख ६६ हजार मुल्य बराबरका अबैध सामान बरामत गरेको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको सादा पोशाकको प्रहरी गस्ती टोलीले भजनी नगरपालिका–५ कुटीबाट दुई लाख ७१ हजार मुल्य बराबरका कपडा र से। ७ प। २५७ नम्बरको मोटरसाइकल सहित गरी १४ लाख ६६ हजार मुल्य बराबरका मालसामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको मोटरसाइकल प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट मात्र ११ लाख बढी मुल्यका भन्सार छलीका सामान जफत गरेको हो । धनगढी–३ बाट करिब ११ लाख चार हजार मुल्य बराबरका मोटर पार्टस र कपडा, वडा नम्बर ४ ओमशान्ति टोलबाट करिब ९१ हजार मुल्य बराबरका कपडा जफत गरिएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *