कैलालीको टीकापुरमा महायज्ञ हुने

शेयेर गर्नुहोस

महायज्ञ संचालन गर्न उपसमिति गठन


टीकापुर । टीकापुर नगरपालिका वडा नं. १ मा आगामि कार्तिक १५ गतेदेखि पितृ मोक्ष ज्ञान महायज्ञ हुने भएको छ ।


जालपा जागरण समाज टीकापुर कैलालीको आयोजनामा उक्त महायज्ञ हुने भएको हो ।


शनिवार छलफलबाट महायज्ञ संचालनका लागि उपसमिति संयोजक तोकिएको छ ।


मञ्च व्यवस्थापन उपसमिति संयोजकमा प्रकाश भण्डारी रहेका छन । भने प्रचारप्रसार उपसमिति संयोजकमा नृपराज भण्डारी रहेका छन ।


यसैगरी अर्थ संकलन उपसमिति संयोजकमा केशरी शर्मालाई जिम्मेवारी दिइएको छ भने भण्डारण व्यवस्थापन संयोजकमा पुष्पराज भण्डारी रहेका छन ।


त्यसैगरी भोजन प्रसाद तयारी उपसमिति संयोजकमा ललिता देवि उपाध्यायलाई जिम्मेवारी दिइएको छ भने जल तथा सरसफाई उपसमिति संयोजकमा कमल प्रसाद अधिकारी रहेका छन ।


यस्तै अतिथी सत्कार तथा आवास व्यवस्थापन संयोजकमा उदयराम अधिकारी रहेका छन भने यज्ञ मण्डप व्यवस्थापन समिति संयोजकमा कान्ति प्रसाद ज्ञवाली रहेका छन ।


यसैगरी कलश यात्रा व्यवस्थापन संयोजकमा मोतीराम भण्डारी रहेका छन भने सल्लाहकार उपसमिति संयोजकमा गोकर्ण प्रसाद बजगाई रहेका छन । यस्तै स्वास्थ्य स्वयंसेवक तथा सुरक्षा उपसमिति संयोजकमा संजयराज भण्डारीलाई जिम्मेवारी दिइएको छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *