अछाममा भालुको आक्रमण, तीनजना घाइते

शेयेर गर्नुहोस

मलवारा समाचार

अछाम, १६ साउन÷ अछाममा एकैदिन फरकफरक स्थानमा शुक्रबार भालुको आक्रमण भएको छ । भालुको आक्रमणबाट तीन जना घाइते भएका छन्। रामारोशन गाउँपालिका वडा नं. ६ भाटाकाटीयाको तुर्सानी समुदायिक वनमा भालुले आक्रमणमा भाटाकाटियाका ३० वर्षीय दानबहादुर साउद र ३८ वर्षीय तुल साउद घाइते भएका छन्।

दिउँसो घाँस दाउरा काट्ने क्रममा भालुले आक्रमण गरेको हो । उनीहरुको शरिरमा चोट गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय अछाम मंगलसेनले जनाएको छ। प्रहरीका अनुसार घाइते दुवैलाई प्रहरी चौकी सान्तडाबाट गएको टोलीले उद्धार गरी बयलपाटा अस्पताल पठाएको छ ।

यस्तै रामारोशन गाउँपालिका –५ छडिखोलाको जंगलमा घाँस, दाउरा काटने क्रममा भालुले ५५ वर्षीय भैरे बटलामाथि पनि आक्रमण गरेको स्थानियले जानकारी दिएका छन। उनको अवस्था समेत गम्भिर रहेको र प्रहरी चौकी सान्तडाबाट गएको टोलीले उद्धार गरी बयलपाटा अस्पताल पठाएको जनाइएको छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed