भजनीका ४ सय बाढीपिडीत घरपरिवारलाई आपतकालिन राहत

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला

भजनी, १७ साउन – कैलालीमा गत मंगलबारदेखि देखि परेको अबिरल बर्षासंगै आएको बाढीमा परेका बाढीपीडित लाई शुक्रबार साँझ अबेर राहत बितरण गरिएको छ ।
भजनी नगरपालिका वडा न ८ का ४ सय घरपरिवारलाई आपतकालिन राहात सामग्री बितरण गरिएको हो ।
सामाजिक बिकासका लागि सचेत समाज धनगढी र केयर नेपालको सहयोगमा राहत बितरण गरेको संस्थाका अध्यक्ष बल बहादुर शिलाधरले जानकारि गराउनु भएको छ ।
संस्थाका कोषाध्यक्ष मिना ओझाका अनुसार भजनि नपा वडा नं. ८ का ४ सय घरपरिवारलाइ प्रती परिवार १ केजी चिनी, २ दर्जन बिस्कुट, १ केजि भुजा २ केजि चिउरा बितरण गरिएको जानकारि दिनु भयो ।
बाढीका कारण कैलालीको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा गरि ६ हजार भन्दा बढी घरधुरी प्रभावित भएका छन ।
ति मध्ये २ हजार भन्दा बढी परिवार बिस्थापित रहेका छन् । उनीहरु अहिले बिद्यालय, हुलाकी सडक लगायतका सुरक्षित स्थानमा बसिरहेका छन ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *