अबैध माछा बरामद

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ सुकासालबाट अन्दाजी ८ हजारको माछा बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

यस्तै शुक्लाफाँटा नगरपालिका(१२ कलुवापुर बेलौरी सडक खण्ड स्थित कालागौडीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ७९ हजार ४ सय ४८ मूल्यको चिनी, जिरा, हरियो मटर, मिठाई, चक्लेट, सुर्ती लगायतका सामान बरामद गरिएको छ ।

यता कैलालीको धनगढी उपमहानगरपालिका २ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १६ हजार ९ सय मूल्यको चिनी, जिरा, कलरपाउडर लगायतका सामान र धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहाबाट अन्दाजी १५ हजार ६ सय ५० मूल्य बराबरको चिनी, प्याज, जिरा, नमकिन लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *