कैलाली र बर्दिया जोड्ने सत्ती घाट पुल जोखिममा

शेयेर गर्नुहोस

गान्दिप कायस्थ

टीकापुर, १७ साउन÷ कैलाली र बर्दिया जोडिएको सत्ती घाट (कर्णाली) पुल जोखिममा परेको छ ।
बर्दियातर्फ पानीको बहाव बढेपछि पुलको छेउमा प्वाल परेपछि जोखिममा परेको हो ।
पुलको बर्दिया तर्फको अन्तिम पिल्लर थप गर्नुपर्ने देखिएपनि पिल्लर नथपिदा जोखिममा परेको हो ।
हुलाकी राजमार्ग अन्र्तगत पर्ने सत्ती घाट पुलमा प्वाल पर्दा आवतजावत समेत बन्द हुने सम्भावना समेत देखिएको स्थानिय बासिन्दा बताउँछन ।
पुलमा थप पिल्लर थप्नका लागि आफुले पहल गरि रहेको ५ नं. प्रदेशका सांसद दिपेश थारुले मलवारासंग कुराकानी गर्दै यसै वर्ष सम्पन्न हुनेगरी टेण्डर हुने भएको र जोखिम कम गर्न सबै सरोकारवालाहरु संग आफुले पहल गर्ने बताउनुभयो ।
गत बुधबार मात्र ५ नं. प्रदेशका सांसद दिपेश थारु, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला समन्वय समिती प्रमुख शंकर प्रसाद थारु, राजापुर नगरपालिका प्रमुख शिबप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय प्रमुख लगायतकाले पुलको निरिक्षण गरेका थिए ।
पुलका सम्बन्धमा राजापुर नगरपालिका प्रमुख शिबप्रसाद चौधरीले पुलबारे आफुले पटकपटक प्रदेश र संघिय सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।
बिगतका वर्षहरुमा नेपाल सरकारले मन्त्री, सांसदहरुले पुलको निरिक्षण गरी उक्त पुलमा थप एक पिल्लर जोड्ने आश्वासन दिएपनि पुल निर्माण भएको तीन बर्ष बितिसक्दा पनि हालसम्म जोखिममा छ ।
समयमा पुलमा परेको प्वाललाई मर्मत सम्भार गरिएन भने पुल नै भत्किने र अझै समस्या बल्झिने अवस्था रहेको देखिन्छ ।

ताजा खबर

दुई तिर खुट्टा चाल्दा यता न उताका भए वामदेव

बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

सवारीसाधनको चाबी थुत्न नपाइने अदालतको आदेश

amazed