दुई सय जनालाई ३ ओटा सौचालय, सौच गर्न लाईन बस्नुपर्ने बाध्यता

शेयेर गर्नुहोस

पवन भण्डारी

अत्तरिया, १७ साउन÷ कैलालीको गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको मुक्तकमैया शिबिरका करिब २ सय जनाले तीनवटा सार्बजनि शौचालय प्रयोग गर्दै आएका छन् । शिबिरमा मानीसहरुको संख्या धेरै र सार्बजनिक सौचालय ३ ओटा मात्र हुदा त्यहाँका नागरिक हरु खुल्ल्ला दिशा गर्न बाध्य छन ।
गेटा मेडिकल कलेजको जमिनमा २०५८ साल देखि बसोबास गर्दै आएका मुक्त कमैयाहरुका करिब ३७ ओटा घरधुरी रहेका छन ।
शिबीर भित्र स्थानीय निकायले ३ ओटा सौचालय निर्माण गरेको छ । तर ३ ओटा सार्बजनिक सौचालयमा सौच गर्न सुकुम्बासी टोलका नागरिकहरुले घण्टौं कुर्नु पर्ने बाध्यता रहेको छ । सुदुरपश्चिम प्रदेशको स्थाई राजधानी समेत घोषणा भईसकेको उक्त नगरपालीका भित्रका नागरिकहरुको यो पिडामा न त प्रदेश सरकारले केहि सहयोग गरेको छ न त स्थानीय तहले नै केहि गर्न सकेको छ ।
सौचालयमा लाईन लाग्नु पर्ने भएपछि उक्त सिबीरका नागरिकहरु खुल्ला ठाँउमा सौच गर्न बाध्य बनेका छन । कैलाली जिल्ला खुला दिसामुक्त घोषणा भएको दुई वर्ष बितिसकेको छ । कागजमा मात्र सिमीत बनेको खुल्ला दिसा मुक्त जिल्लालाई कमैया सिबिरले गिज्याई रहेको भएपनि स्थानीय सरकार र प्रदेश सरकार मुकदर्शक बनेको छ ।
स्थानीय तहले निर्माण गरेका ३ ओटा सार्बजनिक शौचालयमा सौच गर्न लाईन लाग्नु पर्ने बाध्यता भएपछि सिबीरमा धेरैले जसो नागरिकहरु खुल्ला रुपमा सौच गर्न बाध्य भएको स्थानीयहरु बताउछन ।
स्थानीय निकायको चुनावमा भोट माग्न बिभिन्न एजेन्डा लिएर सिबिर छिर्ने नेताहरु चुनाव जितेर गईसके पछि फर्केर कहिलै पनि सिबिरमा नआएको स्थानीय रतरानी देबि चौधरीले बताईन ।
उनले भनिन चुनावमा खानेपानी, बिजुली,सौचालय, र बस्ती भित्र रोडको समेत ब्यावस्था गर्छु भन्दै भोट मागेर गएका नेता अहिले सिबिर लाई फर्केर हेर्दैनन । कहिले काहि सिबिरका बिभिन्न कुराहरु समस्याहरु लिएर गएपछि बिभिन्न बहाना बनाउदै फर्काउने गरेको उनले गुनाँसो गरिन ।
गोदावरी नगरपालिका वडा नं. ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजको जमिन रहेको सो स्थानमा मुक्तकमैया बस्दै आएका छन् । मेडिकल कलेजको जमिनमा बसेका मुक्तकमैयाको स्थायी व्यवस्थापन नभएकै कारण सेवा सुविधाबाट पनि वञ्चित हुनुपरेको गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष कर्णसिंह बोहराले बताए ।
उनीहरुको स्थायी बसोबासका लागि जिल्ला प्रशासनसँग पटक–पटक आग्रह गरिए पनि कहि कतै बाट समेत सुविधा दिन नसकिएको उनले बताए । करिब २० बर्ष देखि उक्त क्षेत्रमा बस्दै आएका मुक्त कमैया सिबिरमा अहिले सम्म खानेपानी र बिद्युतको समेत पहुच पुग्न सकेको छैन ।
नेपाल सरकारले कमैयाबाट मुक्त गरेको भएपनि आफुहरु लाई काग लाई बेल पाक्यो न हर्ष न बिस्मात बनेको स्थानीयले बताएका छन । कमैया मुक्त गरेको भन्ने सुनेको भएपनि आफु लाई सरकारले केहि गर्न नसकेको र आफुहरुले मुक्त भएको अनुभूत गर्न नपायको मुक्त कमैया सिबिरका नागरिक हरुको गुनाँसो छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *