कैलालीमा मात्र आज ३० जना कोरोना पुष्टि

शेयेर गर्नुहोस

मलवारा खबर

टीकापुर, १७ साउन÷ सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका मात्र ३० जनामा संक्रमण पुष्टि भएको छ ।
गोदावरी नगरपालिकाका २७ जना र भजनी नगरपालिकाका तीन जना गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
शनिबार सुदूरपश्चिममा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ७८ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका १ हजार १ सय जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका सात सय ७०, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
कञ्चनपुरका पाँच सय ४४, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय ३२ र दार्चुलाका ३८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका तीन हजार ८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ । अझै कोरोना संक्रमण बढ्न सक्ने भएकाले सबैले सुरक्षित रहनुपर्ने देखिन्छ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *