टीकापुर र जोशीपुरका २ सय घरपरिवारलाई आपतकालिन राहत बितरण

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला

टीकापुर, १७ साउन
कैलालीमा गत मंगलबारदेखि देखि परेको अबिरल बर्षासंगै आएको बाढीबाट भएका बाढीपीडित लाई शनिबार राहत बितरण गरिएको छ ।
टीकापुर नगरपालिका वडा न ७ का १ सय १८ घरपरिवारलाई आपतकालिन राहत सामाग्री बितरण गरिएको छ ।
सामाजिक बिकासका लागि सचेत समाज धनगढी र केयर नेपालको सहयोगमा सुन्दरपुर ८५ घरपरिवारलाई दिव्यपुरका ३३ घरपरिवारलाई राहत बितरण गरेको संस्थाका अध्यक्ष बल बहादुर शिलाधरले जानकारी गराउनु भएको छ ।
संस्थाका उपाध्यक्ष मिना ओझाका अनुसार टिकापुर नपा वडा न ७ का १ सय १८ घरपरिवारलाइ प्रति परिवार १ केजी चिनी, २ दर्जन बिस्कुट, १ केजि भुजा २ केजि चिउरा बितरण गरिएको जानकारी दिनुभयो ।
त्यस्तै जोशिपुर गाउपालिकामा पनि ८२ घरपरिवारलाई पनि राहत बितरण गरिएको संस्था उपाध्यक्ष मिना ओझाले बताउनु भयो ।
बाढीका कारण कैलालीको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा गरि ६ हजार भन्दा बढी घरधुरी प्रभावित भएका थिए । ति मध्ये २ हजार भन्दा बढी परिवार बिस्थापित रहेका छन् । उनीहरु अहिले बिद्यालय, हुलाकी सडक लगायतका उच्च स्थानमा बसिरहेका छन ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *