बर्दियामा रासायनिक मलको अभाव

शेयेर गर्नुहोस

शक्ति परियार

राजापुर १७ साउन,
धानको उर्वरभुमी मानिने बर्दिया जिल्लामा रासायनिक मलको अभाव भएको छ ।
धान बालीमा मल छर्ने बेला भएपनि मल नपाउँदा कृषक चिन्तित भएका छन ।
समयमा मल नपाए धान उत्पादमा ह्राश आउने भन्दै कृषक चिन्तित बनेका हुन् । धान रोप्ने बेला प्रतिकठ्ठा डिएपी ४ केजी, युरिया २।५ केजी र पोटास डेढ किलो राख्ने गरिदै आएपनि यो बर्ष माग अनुसार मलको अभावहुदा किसान मर्का परेका छ्न ।
तीन पटक मल हाल्नु पर्ने भएपनि लक डाउनका कारण किसानले मलको अभाब बेहोर्नु परेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सुपर जोन राजापुरका प्रमुख डा. तपेन्द्र बहादुर शाहको भनाइ छ । बर्दियामा ५० हजार २ सय २६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ । बर्दियामा धानको उत्पादकत्व प्रति हेक्टर क्षेत्रफलमा ४ मेट्रिक टन छ । बबई सिंचाई आयोजना मार्फत बर्दियामा ३६ हजार हेक्टर क्षेत्रफल सिंचित छ । जिल्लामा आपूर्तिका लागि ३१ हजार मेट्रिक टन युरिया, ३ हजार मेट्रिक टन डीएपी र ९४ मेट्रिक टन पोटास आवस्यक पर्ने कृषि ज्ञानकेन्द्र बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले बताए ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed